१५ वर्षीया बालिका १० हजार भारुमा बेचिइन्

फाइल तस्बिर

१५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ छन् । 

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको हो।

तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ। भारतको नयाँदिल्लीस्थित कोठी नम्बर ५११ मा दुई बर्ष,कोठी नम्बर ६४ मा दुई बर्ष र कोठी नं ४० मा १५ दिन राखि यौनधन्दामा लगाएको प्रहरीले बताएको छ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन सुई र औषधि प्रयोग गर्ने गरेका थिए। उनका अनुसार पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान गरिनेछ।

प्रकाशित मिति: : 2019-11-13 17:04:13

प्रतिकृया दिनुहोस्