बी एण्ड आर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालले पहिलो जित हात पारेको छ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले चीनलाई ८ विकेटले पराजित गरेको हो।
चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले ६ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्यो ।
यस अघि पहिले ब्याटिङ गरेको चीनले १० ओभरमा अलआउट हुँदै ३७ रन जोडेको थियो ।
नेपालका लागि इश्वरी विष्टले तीन विकेट लिइन्।उनी प्लेअर अफ दी म्याच चुनिईन् ।
यसअघि भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो।
अब नेपालले बिहिबार म्यानमारसँग खेल्नेछ । यस्तै शुक्रबार मलेसियासँग खेल्नेछ ।