जिपको ठक्करबाट अटोमा सवार ५ जना घाइते

फाइल तस्बिर

बाँकेको कोहलपुर नगरपालिका–२ मा जिपको ठक्करबाट अटोमा सवार ५ जना घाइते भएका छन् ।

सोमबार बिहान सवा ११ बजे सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा१५च २१३८ नम्बरको जिपले रोकी राखेको भे१ह १९१९ नम्बरको अटोलाई ठक्कर दिदाँ ५ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था भने गम्भिर छ । घाइतेलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पठाइएको छ ।

जिप चालकलाई भने ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2019-11-11 16:22:28

प्रतिकृया दिनुहोस्