मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, विभिन्न 'मोडल'बारे छलफल हुँदै

काठमाडौं– आफ्ना सल्लाहकारहरुलाई बाटो खुला गरिदिन आग्रह गरेको समाचार सेलाउन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी गरेका छन्। पटकपटक चर्चा हुने यस विषयले अबको केही हप्ताभित्रै निष्कर्ष पाउने प्रधानमन्त्री निकट जानकारहरु बताउँछन्।

प्रधानमन्त्री ओलीलाई सघाइरहेका सल्लाहकार तथा उनी निकट नेताहरुले मुखै खोलेर यस विषयमा केही नबताए पनि  केही मन्त्रीहरुले  आफन्त तथा सन्निकटहरुसँग प्रधानमन्त्री ओली अधिकांश मन्त्रीहरुसँग खुशी नरहेको र मन्त्रिपरिषद् हेरफेरको पेचिलो तयारीमा लागेको बताउन थालेका छन्। 'अब मेरो मन्त्रीको रुपमा केही हप्तामात्रै बाँकी छ’, खासै नाम र काम नसुनिने एक मन्त्रीले केही दिनअघि मात्र नेपाल लाइभसँगको अनौपचारिक कुराकानीमा भनेका थिए।

प्रकाशित मिति: : 2019-11-11 16:10:04

प्रतिकृया दिनुहोस्