अघोरी बाबा र उनकी पत्नी शारदा पक्राउ

फाइल तस्बिर

सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसी र उनकी पत्नी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


बाबाकी पत्नी शारदामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले सोमबार नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाकी पत्नी शारदाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो ।

 बाबाकी पत्नी शारदाले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्ने  पूर्वपति गोविन्द अधिकारीसँग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएको उजुरी बिन्दु न्यौपाने प्रहरी समक्ष गरेकी थिइन्।

प्रकाशित मिति: : 2019-11-11 14:12:08

प्रतिकृया दिनुहोस्