त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रु रहेका छन् ।
सोमबार विमानस्थल प्रहरीले भन्सार जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट कोकिन बरामद गरिएको लागूऔषध ब्यूरोका एसएसपी बसन्त लामाले पुष्टि गरे ।
कतार एयरको उडानबाट नेपाल आएका ट्रुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।