बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको आक्रमणमा परेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज अपरान्ह् ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटे बाघले आक्रमण गरेको थियो ।
दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटे बाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर–१३ नयाँबस्तीका स्थानीयवासी निरकबहादुर शाहीले बताए ।