आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा आइतबार डडेल्धुरामा सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो पसल बन्द गर्ने निर्णय निर्णय गरिएको छ ।
डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० वजे देखि २ः३० बजेसम्म पसल बन्द गर्ने निर्णय पनि गरेको हो ।
डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टका अनुसार समर्थकहरुले आज बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा समेत रोक लगाएका छन् । उनका अनुसार अन्य सवारी भने रोकिने छैन ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने सरकारी गाडी चल्नमा रोक लगाउने कुरा आफूहरुलाई मान्य नहुने बताए । प्रजिअ पौडेलले भने ‘सरकारी गाडी चल्छन्, कसैले रोक लगाउँदैमा थन्किनन् ।’