आयुष्मान खुर्रानाको फिल्म 'बाला'ले वक्सअफिसमा आक्रमक सुरूवात गरेको छ। रिलिजको दुई दिनमा फिल्मले २५ करोड भारू कमाउँदै आक्रमक सुरूवात गरेको हो।
रिलिजको पहिलो दिन फिल्मले शुक्रबार ९.५० करोड भारू कमाइ गरेको थियो। यस्तै रिलिजको दोश्रो दिन शनिबार १५.५० करोड भारू कमाएको छ।
अमर कौशिकको निर्देशनमा बनेको 'बाला'मा आयुष्मानका साथै भूमि पडेन्कर, यमी गौतम, सिमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्लाको प्रमुख भूमिका रहेको छ।
फिल्मले २५ वर्षको उमेरबाट आफ्नो टाउकोको कपाल गुमाउन थालेको एक युवकको भोगाइको कथामा आधारित छ।करिब ३ हजार पर्दामा रिलिज भएको फिल्मलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।