ईकार्डीको गोलमा पीएसजीले ब्रेस्टलाई हरायो

फाइल तस्बिर

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा ब्रेस्टलाई पराजित गरेको छ ।

शनिबार राति बराबरीतर्फ उन्मुख खेलमा ईकार्डीले गोल गरेपछि पीएसजीले ब्रेस्टलाई २–१ गोल अन्तरले हराएको छ ।पीएसजीको जितमा ईकार्डी र एन्जल डी मारियाले समान एक एक गोल गरे । यता ग्रान्डसिरले ब्रेस्टका लागि एक गोल फर्काए ।

डी मारियाले ३९ औ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ्रग्रान्डसिरले ७२ औ मिनेटमा ब्रेस्टका लागि बराबरी गोल फर्काएका थिए ।

८५ औ मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई जित दिलाउन सफल रहे । बै

योसँगै साविक विजेता पीएसजीले १३ खेलमा १० जित निकाल्न सफल भएको छ ।

उसले दोस्रो स्थानको एन्गर्ससंग ९ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको पीएसजीको ३० अंक छ । ब्रेस्ट १७ अंक सहित तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति: : 2019-11-10 07:12:28

प्रतिकृया दिनुहोस्