रेलिगेशन जोनमा रहेको सेल्टाविरुद्ध मेसीको ह्याट्रिक, बार्सिलोना शीर्ष स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा लिओनल मेसीले ह्याट्रिक गरे भने सर्जियो बुस्केटले एक गोल गरे । यता सेल्टा भिगोका लागि ओलाजाले एक गोल गरे ।

२३ औ मिनेटमा पेनाल्टीमार्फत मेसीले बार्सिलोनालाई अघि बढाएका थिए ।

पाहुना टोली सेल्टाका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याए ।

पहिलो हाफको ईन्जुरी समयमा गोेल गर्दै मेसीले पुन बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

मेसीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाएका थिए ।

बुस्केटले ८५ औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडसंग समान अंक भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो ।

सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोनमै छ ।

प्रकाशित मिति: : 2019-11-10 07:02:27

प्रतिकृया दिनुहोस्