सेती नदीमा बगाइदिने धम्की

सुदूरपूर्वको दुर्गम जिल्ला ओखलढुङ्गाको  गाउँ रामपुरबाट होमनाथ काठमाडौं छिरे । पत्रकारिताको फाइभ डब्ल्यू वान एच त बालापनमा के हो ? के थाहा, तर स्वभाव जिज्ञासु थियो । त्यही कौतुहल स्वभावले उनलाई काठमाडौंसम्म डोर्‍यायो । कलिलो प्रजातन्त्रको समय थियो । स्वतन्त्र राजनीतिक वातावरण थियो । दलहरु त्यसको अभ्यास गर्दै थिए । काङ्ग्रेसका शीर्ष नेताहरु भाषण गर्दै हिँड्थे । होमनाथले सुन्ने अवसर पाए गणेशमान सिंहको भाषण । राजनीतिले तान्यो । काम खोज्दै पत्रकारितामा पुगे । जागिरे पत्रकारबाट प्रकाशक भएका होमनाथका पाइला मोडिए राजनीतितर्फ । जिन्दगीको नागबेली यात्रामा पत्रकारिताको कथा उनले हामीलाई सुनाए । केही सुखद त अधिकांश त्रासदीपूर्ण भोगाइका कथा ।    

प्रकाशित मिति: : 2019-11-09 20:37:59

प्रतिकृया दिनुहोस्