बालुवाटारमा सर्वपक्षीय छलफल शुरु

बिएल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय छलफल शुरु भएको छ।

भारतले जारी गरेको मुलुकको नयाँ नक्सामा नेपाली भूमि मिचिएका ठाउँबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत पूर्वपरराष्ट्रमन्त्री, सीमाविद् सबैलाई बैठकमा बोलाएका छन्।

बैठकमा भाग लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायत बालुवाटार पुगेका छन्।

सरकारले यसअघि नै भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार्य रहेको बताएको थियाे भने भारतीय पक्षले भने आफूहरूले नेपालको भूमि नक्सामा नपारेको दाबी गरेको छ।

प्रकाशित मिति: : 2019-11-09 17:05:02

प्रतिकृया दिनुहोस्