२०७७ को पात्रोबाट असोज महिना हटाउन माग

Photo Credit :Onlinekhabar.com

गोरखाका हरिनारायण मल्ल पेशाले अवकाशप्राप्त इञ्जिनियर हुन् । मल्लको वर्तमान पहिचानचाहिँ पर्व एवं पात्रो सुधार अभियन्ताका रुपमा स्थापित छ । सरकारले गठन गरेको ‘पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति’मा रहेर योगदान गरेका मल्लले वार्षिक क्यालेण्डरबाट एउटा महिना हटाउन लविङ गर्दै आएको धेरै वर्ष बितिसकेको छ ।

सरकारले पात्रो परिवर्तन नगरे पनि हरिनारायणले आफ्नो व्यवहारमा परिवर्तित पात्रो लागू गरेका छन् । उनी असोजमा दशैं मान्दैनन् । गोर्खास्थित मल्लको गाउँका छिमेकीहरुका अनुसार उनी भदौमै दशैं मनाउने गर्छन् । उनले आफ्ना गाउँलेहरुलाई पनि दशैं एक महिना सरिसकेको हुनाले अगाडि नै मनाउन सुझाव दिँदै आएका छन् ।

 ‘ईस्वी सम्वत मान्नेहरुले धेरै पहिले नै आफ्नो पात्रो सच्याइसकेका छन् । उनीहरु हरेक चार वर्षमा लिभ इयर मनाउँछन् । भारतले पनि पात्रो सच्याएको छ, अब हामीले पनि सच्याउनुपर्छ,’ हरिनारायण भन्छन्, ‘कम्युनिष्टहरुले अक्टोबर क्रान्ति दिवस नोभेम्बर ७ मा मनाउन थालेको लेनिनकै पालादेखि हो ।’

प्रकाशित मिति: : 2019-11-09 10:59:15

प्रतिकृया दिनुहोस्