नेपालमा जासुसी गर्ने विदेशीलाई रोक्न विशेष कानुन, निगरानी र निस्तेज गरिने

काठमाडौं : नेपालमा आएर यहाँको राष्ट्र र राष्ट्रियता विरुद्धमा गुप्तचरी गतिविधि गर्ने विदेशीलाई निगरानी र निस्तेज गरिने भएको छ। पर्यटक, कूटनीतिक कर्मचारी वा अन्य आवरणमा आएर नेपाल विरुद्ध गुप्तचरी गरेको थाहा पाउँदा पाउँदै पनि विगतमा छुट दिइने परम्परालाई अन्त्य गर्दै अब कानुनी रूपमा नै त्यस्ता गतिविधि गर्ने विदेशीलाई निगरानी र उनीहरूको क्रियाकलाप निस्तेज गरिने भएको हो। राष्ट्रविरुद्ध हुने यस्ता गतिविधि निगरानी र निस्तेज गर्नका लागि राष्ट्रिय अनुसन्धान विभाग मातहत विशिष्टिकृत कार्यालय पनि स्थापना गरिने भएको छ। यस्तो कार्यालय 'प्रतिगुप्तचरी सम्बन्धी कार्य गर्न'का लागि स्थापना गर्न लागिएको हो। यस पहिले कुनै विदेशीले विभिन्न आवरणमा नेपाल आएर गुप्तचरी गतिविधि गरेको र नेपालको हित विपरीत कार्य गरिरहेको थाहा पाउँदा पनि उसलाई पक्राउ गर्ने अधिकार राष्ट्रिय अनुसन्धान विभागलाई थिएन। निगरानी गरेको खण्डमा ती व्यक्तिले 'गैर कानुनी रूपमा आफूमाथि निगरानी गरेको' भनेर अदालत जाने सम्भावना रहन्थ्यो। जसका कारण राष्ट्रिय अनुसन्धान विभागले त्यस्ता व्यक्तिको गतिविधि निगरानी र निस्तेज गर्न सकेको थिएन।   

प्रकाशित मिति: : 2019-11-08 17:59:20

प्रतिकृया दिनुहोस्