चन्द समूहका बाग्लुङ जिल्ला सदस्य पक्राउ

प्रतिकात्मक तस्बिर

प्रहरीले चन्द समूहका बाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

बाग्लुङको ढोरपाटन–६ घर भएका ३१ वर्षीय भण्डारीलाई शुक्रबार बिहान मझुवा देउरालीबाट नियन्त्रणमा लिइएको एसपी ओम अधिकारीले जानकारी दिए ।

उनलाई शुक्रबार नै सार्वजनिक हित विरुद्घको अपराधमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति: : 2019-11-08 16:24:48

प्रतिकृया दिनुहोस्