ब्राउन सुगरसहित २ जना पक्राउ

प्रतिकात्मक तस्बिर

रुपन्देहीको सैनामैना नगरपालिकाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न ५ बस्ने वर्ष ३० का रमेश हमाल र वडा न ६ बस्ने वर्ष ३५ का अशोक परियार रहेका छन् ।

गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६२४ मिलिग्राम ब्राउन सुगर नामक लागुऔषध सहित उनिहरुलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरिएको हो ।


पक्राउ पर्ने दुवैलाई लागूऔषधसम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-11-08 15:06:48

प्रतिकृया दिनुहोस्