मालनको अविजित शतकमा इंग्ल्याण्ड विजयी

तस्बिरः एजेन्सी

इंग्ल्याण्डले घरेलु टिम न्युजिल्याण्डविरुद्धको चौंथो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।

 शुक्रबार भएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई ७६ रनले पराजित गरेको हो ।

इंग्ल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६५ रनमा समेटियो ।

न्युजिल्याण्डका लागि कप्तान टिम साउथीले सर्वाधिक ३९ रन जोड्दा कोलिन मुन्रोले ३० रन बनाए । मार्टिन गुप्टिलले २७ रन जोडे ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न माट पार्किनसनले ४ विकेट लिए । क्रिस जोर्डनको नाममा २ विकेट रह्यो ।

यसअघि म्याकलिन पार्कमा शुक्ररबार टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ३४१ रन बनाएपछि न्युजिल्यान्डले विशाल लक्ष्य पाएको हो ।

यो नै इंग्ल्यान्डले टी–२० क्रिकेटमा बनाएको सर्वाधिक ठूलो लक्ष्य हो ।यसअघि इंग्ल्यान्डको यो नै सर्वाधिक उच्च स्कोर थियो ।

सन् २०१६ मा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डले २३० रन बनाएको थियो ।

न्युजिल्यान्डविरुद्ध ठूलो स्कोर बनाउने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका डेविड मलानले अविजित शतक बनाए । उनले ५१ बलमा सात चौका र सात छक्का प्रहार गरे । त्यस्तै, कप्तान इयोन मोर्गनले ९१ रन बनाए ।

जितसँगै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । अब दुई बीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

 

प्रकाशित मिति: : 2019-11-08 14:42:49

प्रतिकृया दिनुहोस्