अभिनेता कर्ण शास्त्रीले स्वाति मेहरालाई कानको जाली फुट्ने गरी कुटेपछि..........

तस्बिरः एजेन्सी

भारतको मध्य प्रेदशका एक अभिनेताले आफ्नी पत्नीलाई कुटपिट गरेको उजुरी परेको छ। अभिनेता कर्ण शास्त्रीले मोडल स्वाति मेहरालाई कानको जाली फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी परेको छ।

भारतीय मिडियाका अनुसार स्वातिले मुम्बईको एक प्रहरी चौकीमा उजुरी दर्ता गरेकी छिन् ।

पीडित मोडलले पतिले दाइजोका लागि भन्दै घरेलु हिंसा गरेको बताएकी छिन्। उनले यसअघि पनि बारम्बार दुःख दिएको दाबी गरेकी छिन्।

यता कर्णले भने आफूले स्वातिमाथि हात नउठाएको बताएका छन् । उनले आफूहरूले दुवै छुट्टिने फैसला आपसी सहमतिमा नै गरेको उनले बताए ।आफूहरु अब साथ रहन नसक्ने अवस्थामा पुगे पनि घरेलु हिंसा नगरेको उनले दाबी गरेका छन् ।

कर्णले दाबी गर्दै भनेका छन्, ‘हामी सहमतिमा छुट्टिएका हौँ, तर अहिले उनले मेरो करिअर बरबाद गर्न शुरु गरिन्, उनले मेरो मात्र होइन, परिवारको पनि बदनाम गर्न चाहन्छिन् ।’

प्रकाशित मिति: : 2019-11-08 14:35:33

प्रतिकृया दिनुहोस्