क्यानले पीएसएल ड्राफ्टमा पाँच खेलाडीको नाम पठाउने

फाइल तस्बिर

पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको ड्राफ्टका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका पाँच खेलाडी पठाउने भएको छ।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत ड्राफ्टको लागि खेलाडीको नाम पाकिस्तान क्रिकेट बोर्डमा पठाउने लागेको हो।

सन् २०२० को फ्रेबुअरी २० देखि मार्च २२ तारिखसम्म पाकिस्तानमा हुने प्रतियोगिताको लागि विकेटकिपर विनोद भण्डारी, करण केसी, अलराउन्डर पवन सरार्फ, ललितनारायण राजवंशी र आरिफ शेखको नाम पठाउने क्यानले निर्णय गरेको छ।

 

प्रकाशित मिति: : 2019-11-08 11:45:40

प्रतिकृया दिनुहोस्