नेपाली बजारमा सुनको मूल्य घट्यो

फाइल तस्बिर

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य रु ७०० घटेको छ।

अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ।

चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ।

प्रकाशित मिति: : 2019-11-08 11:40:09

प्रतिकृया दिनुहोस्