चरेससहित एकजना पक्राउ

बिएल

जिल्ला प्रहरी कार्यालय रौतहटले एक जनालाई चरेससहित पक्राउ गरेको छ । राजपुर नगरपालिका – ७ का लालबाबु भन्ने शेख एकवाल अहमदलाई २ सय १०ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार अपराध अनुन्धान टोलीले बुधवार साँझ गौर चन्द्रपुर सडकखण्ड अन्तरगत झुन्खुनवाचौकबाट राति साढे ९ बजे गौरतर्फ गइरहेको अवस्थामा चेकजाँच गर्दा अहमदको ज्याकेटको खल्तीबाट उक्त चरेस बरामद गरेको थियो ।

अहमदमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

 

प्रकाशित मिति: : 2019-11-07 22:25:23

प्रतिकृया दिनुहोस्