सरकारले विदेशी लगानीमा नेपालमा सञ्चालन भएका निजी कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बिहीबार पत्रकार सम्मेलन गरी उनले १५ दिनभित्र सरकारले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा नगरे खारेज गर्ने चेतावनी समेत दिए।
मन्त्री पोखरलेका अनुसार शिक्षा निर्देशिका समेत संशोधन भएकाले यसरी चलेका शैक्षिक संस्था नयाँ निर्देशिका अनुसार सवै खारेज गर्नुपर्ने भएकाले उनीहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको समयावधि दिइएको हो ।
काठमाडौं भ्याली स्कुल काठमाडौं, ओरिएन कलेज काठमाडौं, पेन्टागन एजुकेशन काठमाडौं, एपेक्स लाइफ स्कुल काठमाडौं, साउथ वेस्टन स्टेट कलेज काठमाडौं,एजे वाइल्ड इन्स्टिच्युट एडभान्स इस्टडिज काठमाडौं, व्रिजमाण्डु कलेज इन्टरनेश्नल सिनामंगल काठमाडौं, मल्टी इन्टरनेश्लन काठमाडौँ, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौं, एभरेष्ट एजुकेसन फाउन्डेशन काठमाडौं, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेघा कलेज बुटवल, प्रस्टन कलेज धनगढी कैलाली प्रक्रिया पूरा नगरी सञ्चालनमा छन् ।
त्यस्तै कसमस इन्टरनेशनल कलेज पोखरा र बागमति बोडिङ स्कुल पोखरा पनि मापदण्डविपरित सञ्चालित रहेको बताइएको छ ।