नेपाली राष्ट्रिय महिला भलिबल टीम बंगलादेश प्रस्थान

तस्बिरः उपाध्यक्ष रन्जन खड्का

पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला भलिबल टीम बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेशमा आयोजना हुने प्रतियोगिताका लागि १२ सदस्सीय खेलाडीसहितको नेपाली टिम बिहिबार ढाका प्रस्थान गरेका हुन् ।। नेपाली टिमलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिब जितेन्द्र बहादुर चन्द, उपाध्यक्ष रन्जन खड्का लगायतले विमानस्थलमा विदाई गरेका थिए ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, कीर्गिस्तान, माल्दिभ्स, र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आइतबार अरुणा शाहीको कप्तानीमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले सोमबार अफगानिस्तान, मंगलबार कीर्गिस्तान र बुधबार बंगलादेशसंग खेल्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: : 2019-11-07 11:38:26

प्रतिकृया दिनुहोस्