नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले बताए ।
तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
मृतकको सनाखत हुन नसकेको उनले बताए ।