च्याम्पियन्स लिग: अपराजित पीएसजी दुई खेल बाँकी छदै नकआउट चरणमा

तस्बिरः एजेन्सी

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति पार्क डि प्रिन्सेस पेरिसमा भएको खेलमा बेल्जियन क्लब ब्रगलाई १–० ले पराजित गर्दै पीएसजीले समूहमा दुई खेल बाँकी छदै समूह ‘ए’ बाट नकआउट चरणमा पुग्न सफल भएको हो ।

पीएसजीलाई जिताउन मौरो इकार्डीले गरेको गोल नै निर्णायक बन्यो । इकार्डीले खेलको २२औं मिनेटमा कोलिन डग्वाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ७६औं मिनेटमा एमबाय डियाग्नीको पेनाल्टीलाई पीएसजीका गोलरक्षक केलर नाभासले बचाइदिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी १–० ले विजयी रहन सफल भयो ।

अपराजित रहेको पीएसजीले समूह ‘ए’ मा ४ खेलबाट १२ अंक जोड्यो । पराजित क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: : 2019-11-07 07:29:01

प्रतिकृया दिनुहोस्