रामबाबु ठकुरी (नाम परिवर्तन) ७० वर्ष कटे। कहिल्यै बिहे गरेनन्। सम्पन्न परिवारमा हुर्केकाले युवा अवस्थामा पैसा कमाउने दबाब पनि भएन। आमाबुबाको माया र आर्थिक स्थिति राम्रो भएकाले रामबाबुको दिनचर्या सुखमै बित्यो। पुलपुलिएका छोरा थिए। जिम्मेवारी नभएपछि कमाउने बाध्यता ठानेनन्।