युरोपा लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको समूह चरण अन्तर्गतएको खेलमा आर्सनल पोर्चुगिज क्लब भिक्टोरिया एससीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा शोक्द्रान मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा ब्रुनो दुआर्टेले गोल गर्दै भिक्टोरियालाई १–१ गोलको बराबरीमा फर्काए ।
बराबरीसँगै समूह एफ को आर्सनलले ४ खेलमा १० अंक जोडेको छ । आर्सनल समूहको शीर्ष स्थानमा रहेको छ ।
भिक्टोरिया १ अंक जोडेर पुछारमा रहेको छ ।