युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

तस्बिरः एजेन्सी

युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रुसको लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।युभेन्ट्सको जितमा आरोन राम्सी र ड्युगलस कोस्टाले एक एक गोल गरे । यता लोकोमोटिभ मस्कोका लागि एक मात्रै गोल अलेक्सी मिरान्चुकले गरे ।

खेलमा अग्रता युभेन्ट्सले राम्सीको गोलबाट लिएको थियो । राम्सीले खेलको तेस्रो मिनेटमा युभेन्ट्सलाई अगाडी बढाएका थिए ।

खेलको १२ औ मिनेटमा पाहुना टिमका मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए ।

खेलको ईन्जुरी समयमा कोस्टाले गोल गर्दै युभेन्ट्सलाई नकआउट चरणमा पुर्याउन सहयोग गरे ।

समूह डीमा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो । मस्कोको मात्र ३ अंक रह्यो ।

प्रकाशित मिति: : 2019-11-07 06:57:21

प्रतिकृया दिनुहोस्