कालापानी दुख्दा काठमाडोैंमा जले मोदीका तस्बिरहरू

कालापानी दुख्दा काठमाडोैंमा जले मोदीका तस्बिरहरू : यो कसैको पनि हितमा छैन । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

सुदूर पश्चिम नेपालको कालापानीमा लिपुलेक दुख्दा काठमाडौैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर जलेका छन् ।  

नेपालको सत्तामा ओली हुन् वा अरू कोही, भारतले जे गरे पनि त्यति धेरै बोल्दैन,  त्यसैले पहिला जनता बोल्नुपर्छ । जब जनता बोल्छन् उनीहरू अली उग्ररूपमै बोल्नुपर्छ अनि मात्र सरकार बोल्छ ।

काठमाडौैंमा सत्तापक्षकै विद्यार्थी संगठन अनेरास्ववियु ‘गो ब्याक इन्डिया’ को ब्यानरमुनि आन्दोलित भयो। प्रमुख प्रतिपक्ष कांग्रेसको विद्यार्थी संगठन नेविसंघ त थई आक्रोशित भएर सडकमा उत्रियो । दुबैका नारा लगभग समान थिए- ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय विस्तारवाद् मुर्दावाद’, ‘असमान सन्धीहरु खारेज गर्’, गो ब्याक इण्डिया । 

जब सडकमा यस्ता नारा लागे, सञ्चार माध्यम समाचार र विश्लेषणको बाक्लो उपस्थिति भयो, सामाजिक सञ्जाल भाइरल हुन थाल्यो । अनि, सरकारको चेत खुल्यो र उसले एउटा औपचारिक प्रेस विशप्ती जारी गर्दै भन्यो- कालापानी नेपालकै हो, भारतको एक पक्षीय निर्णय मान्य हुँदैन 

काठमाडौैमा मित्रराष्ट्रका प्रधानमन्त्रीको फोटो जल्ने अवस्था सिर्जना हुनु दु:खद हो । यो कसैको पनि हितमा छैन । यो परिस्थिति फेरि दोहोरिन नदिन र यसको छिनोफानो तथ्य र प्रमाणका आधारमा यथाशक्य चाडो गर्नु नै दुबै पक्षका लागि हितकर हुन्छ । 

यतिबेलासम्म ढिलो भैसकेको थियो । सरकारले यो कुरा पहिलै भनेको भए  काठमाडौैंको सडकमा न भारतीय विस्तारवाद मुर्दाबादको नारा लाग्थ्यो न भारतीय प्रधानमनन्त्रीका तस्विरमा आगो नै लाग्थ्यो ।

भारत विरोधमा राष्ट्रियता देख्ने र यसैलाई आधार बनाएर सडक तताउने उन्मादीहरूलाई यस्तो दृश्य प्रिय लाग्ला तर नेपाल भारत सम्बन्धलाई राम्रो देख्न चाहने जो कोहीका लागि यो प्रिय दृश्य हुन सक्दैन ।

हो, नेपाल भारतको सिमाको कालापानी क्षेत्रमा समस्या छ । तर, यो समस्या आजको हैन, पुरानो हो । यसको समाधानका लागि आयोग, विज्ञ समुह अनेक बने तर नेपाल र भारतको आआफ्नो दाबी भएका कारण यो समस्या समाधान हुन सकेन । 

यता नेपालले कालापानी नेपालकै हो भनिरहेको बेला उता भारतका भारतका महासर्वेक्षक गिरीश कुमारले अहिलेको नक्सा नयाँ नभएको र यो ७० वर्षदेखि चलिरहेको सार्वजनिक जानकारी दिएका छन् । उनले नेपालका लागि त्यो भूभाग उसको हो भन्ने लागेको हुन सक्छ, तर त्यो यथार्थ नभएको बताएका छन् । 

दुबैतिरको दाबी भएको त्यो भूभागको छिनोफानो फेरि पनि युद्ध वा उन्मादी जुलुसले हैन, सम्वाद र सहमतिले नै गर्ने हो । 

काठमाडौैमा मित्रराष्ट्रका प्रधानमन्त्रीको फोटो जल्ने अवस्था सिर्जना हुनु दु:खद हो । यो कसैको पनि हितमा छैन । यो परिस्थिति फेरि दोहोरिन नदिन र यसको छिनोफानो तथ्य र प्रमाणका आधारमा यथाशक्य चाडो गर्नु नै दुबै पक्षका लागि हितकर हुन्छ । 

प्रकाशित मिति: : 2019-11-07 05:40:52

प्रतिकृया दिनुहोस्