नेपालको आन्तरिक उडानमा डलर फेयर हट्दै : विदेशी पासपोर्टवालालाई राहत

अब विदेशी पासपोर्टवाहक नेपालीले काठमाडौै पुग्ने बित्तिकै पुरानो नेपाली नागरिकता खोज्नु नपर्ने भयो । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आन्तरिक उडानमा डलर फेयर हटाउने भएको छ । यो निर्णयसँगै अब नेपाली र विदेशीले आन्तरिक उडानमा समान भाडादरमा उड्ने भएका छन् ।

अहिले नेपालको हवाइ यातायातमा विदेशी पासपोर्टबाहकले बढी भाडा तिर्नुपर्छ भने नेपाली पासपोर्टबाहकले कम । नेपाल एयरलाइन्सको यो निर्णयसँगै अब त्यस्तो नभएर सबैलाई समान भाडा लाग्ने भएको हो ।

यो निर्णयबाट अब विदेशी पासपोर्टमा नेपाल पुग्ने नेपालीलाई ठूलो राहत मिल्ने भएको छ । उनीहरू नेपालीमूलका विदेशी भएकाले उनीहरूले पनि विदेशीसरह नै डलरमा महंगो भाडादर तिनर्पर्ने हुन्थ्यो । त्योबाट बच्नका लागि उनीहरू नेपाल पुग्नेबित्तिकै पुरानो नेपाली नागरिकता प्रमाणपत्र खोजेर त्यही देखाएर डलर फेयरबाट जोगिदै आएका थिए । 

नेपाल एयरलाइन्सले यो निर्णय गरे पनि निजी विमानसेवा सञ्चालकहरूले डलर फेयर नै लगाइरहेका छन् । तर, अब उनीहरूलाई पनि समान भाडादर लगाउनुपर्ने दवाव सिर्जना हुनछ ।

पर्यटन मन्त्रालयका एक अधिकारीले सरकारले चाँडै नै नीतिगत निर्णय गरेर नै समान भाडादर कायम गराउने छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने क्रममा यो निर्णय लिन लागिएको बताइएको छ । 

 

प्रकाशित मिति: : 2019-11-07 01:42:42

प्रतिकृया दिनुहोस्