परराष्ट्र मन्त्रालयले भन्यो- कालापानी नेपालकै हो, भारतको एक पक्षीय निर्णय मान्य हुँदैन

बिएल

परराष्ट्र मन्त्रालयले भारतीय नक्सामा नेपाली भूभाग समेटिएको विषयमा आफ्नो औपचारिक धारणा राख्दै कालापानी क्षेत्र नेपालको भूभाग भएको प्रस्ट्याएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा एक पक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुनेसमेत बताएको छ।

‘दुवै देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।

भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्साका विषयमा आएका समाचार र टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्रले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको जनाएको छ।

प्रकाशित मिति: : 2019-11-06 17:43:18

प्रतिकृया दिनुहोस्