कालापानी र लिपुलेकबारे कांग्रेसले माग्यो सरकारको धारणा

फाइल तस्बिर

प्रमुख विपक्षी नेपाली कांंग्रेसले कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा सरकारको धारणा माग गरेको छ ।


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै सरकारको धारणा माग गरेका हुन् । उनले कालापानी र लिपुलेक नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य भएको बताएका छन् ।

'सम्माननिय प्रधानमन्त्रीजयू कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् ।नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ ।'उनले लेखेका छन् l

त्यस्तै उनले अमेरिकाले नेपाल मुजाहिद्दिन अखाडा बन्दै गरेको भनेर जारी गरेको प्रतिवेदनलाई गम्भीरतापुर्वक लिएर सरकारलाई वास्तविकता सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । उनले देशको छविलाई अन्तर्राष्ट्रिय जगतमा पर्ने असरसँगै हाम्रो समग्र शान्ति र समृद्धिको यात्रामा वाधा पर्ने विषयकाप्रती गम्भीर सतर्कता हुन् सरकारलाई सुझाव दिएका छन् ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेकलाई भारतीय भूमिका रुपमा देखाइएको छ ।

प्रकाशित मिति: : 2019-11-06 07:47:39

प्रतिकृया दिनुहोस्