म क्रिश्टिन म्यानहार्टलाई तीनवटा प्रश्न सोध्न चाहन्थेँ– पन्ध्र सय वर्ष पुरानो काठमाडौंको सहरी संरचना र त्योभन्दा सयौं वर्षअघि विकसित काठमाडौं सभ्यतालाई विश्व सम्पदामा सूचीकृत गर्न सकिन्छ कि सकिँदैन? हिन्दु र बौद्धमार्गीहरूका दुई प्रमुख तीर्थस्थल पशुपति र स्वयम्भू जोड्ने लिच्छविकालीन मार्ग, जुन अहिले पनि जस्ताको तस्तै छ, विश्व सम्पदामा दर्ज हुन योग्य छ कि छैन?
काठमाडौंको येँया पुन्ही (इन्द्रजात्रा), पाटनको बुंगद्यः (रातो मच्छिन्द्रनाथ), भक्तपुरको बिस्काः लगायत जात्रापर्वहरू यति विशिष्ट र अद्भूत छन्, के यिनीहरू अमूर्त सांस्कृतिक सम्पदाका रूपमा संसारभरि चिनिन लायक छैनन्?