भिरमह काढ्ने क्रममा डोरीबाट हात फुस्किएर एक जनाको मृत्यु

फाइल तस्बिर

दोर्दी गाउँपालिका–६, ढोडेनी झुमश्वाँरास्थित क्लेचे भिरमा भिरमौरीको मह काढ्ने क्रममा एक जनाको ज्यान गएको छ ।

मंगलबार दिउँसो भिरमह काढ्ने क्रममा डोरीबाट हात फुस्किएर खस्दा झुमश्वाँराका २६ वर्षीय गोरे भन्ने गोपाल गुरुङको घटनास्थलमै ज्यान गएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-05 17:38:42

प्रतिकृया दिनुहोस्