च्याम्पियन्स लिग: आज आठ खेल हुँदै, साविक विजेता लिभरपुल र बार्सिलोनाको अग्नि परिक्षा

तस्बिरः एजेन्सी

युईएफए च्याम्पियन्स लिग फुटबलमा आज ९बुधबार० विभिन्न समूहको आठ खेल हुँदैछ ।

समूह चरण अन्तर्गत बुधबार साविक विजेता लिभरपुल, बार्सिलोना,चेल्सी, इन्टर मिलन, बोरुसिया डर्टमण्ड लगाएका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

स्पेनिस क्लब बार्सिलोनाले स्लाभिया प्रहाको सामना गर्ने छ । दुई बीचको खेल नेपाली समय अनुसार राति ११ः४० मा सुरु हुनेछ ।

समूह एफको बार्सिलोना पनि घरेलु मैदानम सहज जितको खोजीमा हुनेछ । तर, केहि खेलाडीको चोटले बार्सिलोनालाई सताएको छ ।

लुइस स्वारेज र आर्थर मेलोले चोट बोकेको कारण बार्सिलोना केहि समस्यामा हुनेछ ।

अघिल्ला ३ खेलमा ७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ । स्लाभियाविरुद्ध बार्सिलोना शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ ।

यस्तै लिभरपुलले घरेलु मैदानमा जेन्कको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ ।

एनफिल्डमा समूह ई दोस्रो स्थानमा रहेको लिभरपुल अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । लिभरपुलको ६ अंक रहेको छ । १ अंक जोडेको जेन्क पुछारमा रहेको छ ।

यस समूहमा इटालियन क्लब नापोली ७ अंक जोडेर शीर्ष स्थानमा छ । नापोलीले बुधबार नै साल्सबर्गसँग खेल्नेछ ।

यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र इन्टर मिलानबीच खेल हुनेछ । खेल राति १ः४५ मा सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

समूह एचको चेल्सीले घरेलु मैदानमा आयाक्सको सामना गर्नेछ । खेल राति १ः ५ बजे सुरु हुनेछ ।यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष र ६ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा भ्यालेन्सिया र लिलीबीच खेल हुनेछ ।

त्यस्तै समूह जी अन्तर्गत आरबी लिपजिग र जेनीटबीच खेल हुनेछ । यसै समूहको अर्को खेलमा लियोन र बेन्फिकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: : 2019-11-05 15:05:10

प्रतिकृया दिनुहोस्