काभ्रेको नमोबुद्ध नगरपालिका–८, तल्लोहटियामा एक दम्पती मृत फेला परेका छन्। सोही ठाउँका ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाई सिरकले छोेपेको अवस्थामा शव फेला परेको हो ।
उनका अनुसार घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा फेला परेको छ। श्रेष्ठ दम्पतिले तल्लो हटिया बजारमा रहेका आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएका थिए।
छिमेकीका अनुसार उनीहरु राति ८ बजेतिर खाना खाएर सुत्न गएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ दम्पतिकै पसलमा राति अबेर मदिरा सेवन गर्न आएकाहरुसँग विवाद हुँदा हत्या भएको हुनसक्ने अनुमान लगाइएको छ ।