राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको थियो ।
नेकपा सचिवालयले १ नम्बर प्रदेशमा सोमनाथ अधिकारी (कास्की), प्रदेश २ मा तिलक परियार (बाँके) र प्रदेश ३ मा विष्णु प्रसाईँ (झापा) लाई सिफारिस गरेको थियो ।
यस्तै प्रदेश ४ मा अमिक शेरचन (चितवन), प्रदेश ५ मा धर्मनाथ यादव (सिरहा), प्रदेश ६ मा गोविन्द कलौनी (डडेल्धुरा) र प्रदेश ७ मा शर्मिला त्रिपाठी (काठमाडौँ) को नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त पदमुक्त गरेकी थिइन् । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ ।
विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला आपत्ति जनाएको थियो ।
राष्ट्रपति भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले सपथग्रहण गराउने संवैधानिक व्यवस्था छ ।
यो पनि
नेकपाले टुंगो लगायो सातै प्रदेश प्रमुखको नाम
सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएसँगै मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु
प्रदेश प्रमुखका सिफारिस प्रति नेपाल असन्तुष्ट,बीचैमा गरे बैठक बहिस्कार
प्रदेश प्रमुखको नियुक्ति: निर्णय लिन बसेको मन्त्रिपरिषदको बैठक सकियो