विद्धान अर्थमन्त्रीले आर्थिक क्षेत्र नै धरापमा पारे: सांसद यादव

बिएल

संघीय सांसद प्रदिप यादवले विद्धान अर्थमन्त्रीको गलत नितिको कारण मुलुकको आर्थिक क्षेत्र धरापमा पर्दै गएको आरोप लगाएका छन् ।

सोमबार वीरगन्ज– जीतपुर गौशालाको १ सय १३ औ वार्षिक साधारण सभामा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद एवम समाजवादी पार्टीका नेता यादवले अर्थमन्त्रीको गलत मौद्रीक नितिका कारण मुलुकको उधोग– व्यापार संकटकालिण अवस्था पुगेको आरोप लगाएका हुन् ।

सांसद यादवले बर्तमान आर्थिक मन्दीको बेला सरकारको गलत नितिको विरुद्ध सबै उधोगी व्यापारीहरुलाई संगठीत हुन आहवान गर्दै पुरै विश्व आर्थिक मन्दीबाट गुर्जीरहको वेला राष्ट्रबैंकको नितिको बैकिङ निति राहतभन्दा उधोग व्यापारलाई आहत बताउने तिर लागेको बताए ।

'बर्तमानको नाजुक पुर्ण अवस्थामा उधोगी व्यापारी अधोगतीमा गएपनि बैकका संचालकहरुको लागी कमाइखाने स्वर्णिम समय आएको छ', सांसद यादवले भने, 'टिकेनेतालाई उधोगी व्यापारीको श्रापलागेकै कारणमन्त्रीपरिषदबाट छिटै विदाइ हुन लागेका छन् ।'

सांसद यादवले उधोगी व्यापारीको संरक्षण र सहयोगको लागी आफू सदैव तयार रहेको प्रतिवद्धा समेत व्यक्त गरे ।

वीरगन्जको विकास र आर्थिक लगानीलाई सुरक्षीत बनाउन आफ्नो दायित्व भएको बताउदै सांसद यादवले व्यापारीहरुको विरोधमा सरकारले ल्याएको गलत नितिको विरुद्ध संदनमा आवज उठाउने बताए ।

गौशाला संचालक समितिका अध्यक्ष विरेन्द्र कुमार संघाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभासदस्य ओम प्रकाश शर्मा र रमेश पटेलले गौशालाको सधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले आफूहरुको प्रदेशीक कोषबाट आर्थिक सहयोग प्रदान गर्ने घोषणा समेत व्यक्त गरे ।

कार्यक्रममा वीरगन्ज उधोग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष सुबोध गुप्ता, संचालक समिति बाबुलाल चचान र रमेश अग्रवाल लगायतका व्यक्तिहरुको गौशालाको विकास र आर्थिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: : 2019-11-04 17:03:47

प्रतिकृया दिनुहोस्