प्रदेश प्रमुखका सिफारिस प्रति नेपाल असन्तुष्ट,बीचैमा गरे बैठक बहिस्कार

फाइल तस्बिर:बिएल

नेकपाका वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखका नाम एकलौटी सिफारिस गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेसँगै आफ्नो पक्षका को्ही परेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार नेपालले सिफारिस गरेका ४ जनाको नाम कुनै पनि प्रदेश प्रमुखमा नपरेको भन्दै आक्रोशित भएका थिए । उनले सचिवालयको बैठक चल्दै गर्दा बीचैमा उठेर हिँडेका थिए ।

स्रोतका अनुसार नेता नेपालले रघुजी पन्त, बेदुराम भुसाल,विश्वकान्त मैनाली र श्रीमाया थकालीको नाम सिफारिस गरेका थिए ।

तर अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड लगायत पक्षका ७ जनाको नाम सिफारिस गरेको थियो ।

अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त पदमुक्त गरेकी थिइन्।सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ ।

विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला आपत्ति जनाएको थियो ।

सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन।

प्रकाशित मिति: : 2019-11-04 15:10:30

प्रतिकृया दिनुहोस्