म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा,किरण र रोहित परेनन्

फाइल तस्बिर:बिएल

म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिबार २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् ।

मैत्री खेलका लागि कप्तान एवं गोलरक्षक किरण चेम्जोङ र रोहित चन्दलाई राखिएको छैन । नेपालले म्यानमारसँग यही नोभेम्बर ७ तारिख मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोट अन्तर्गत नेपालले नोभेम्बर १९ तारिख घरेलु मैदान दशरथ रंगशालामा कुवेतसँग खेल्दैछ ।

नेपाली टोली

गोलरक्षकः विकेश कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाले

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, दवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डरः सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ,

फर्वडः भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ

प्रकाशित मिति: : 2019-11-02 13:04:06

प्रतिकृया दिनुहोस्