पत्रकार र पत्रकारितामाथि विश्वव्यापी खतराको अवस्था

प्रत्येक नोभेम्बर २ तारिखमा पत्रकारविरुद्धको दण्डहीनताको सम्झना गरिन्छ। विश्वभर दिनानुदिन पत्रकारको हत्या भइरहेको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) वा पत्रकारको सुरक्षाका गर्नका लागि समिति सिपिजेले २०१९ को २९ अक्टुबरमा प्रकाशित गरेको एउटा तथ्यांकअनुसार (२०१९ अगस्ट ३१ सम्ममा) मेक्सिकोमा ७ जना, ब्राजिलमा ९ जना, नाइजेरियामा १२ जना, दक्षिणी सुडानमा ४ जना, सोमालियामा १ जना, भारतमा १३ जना, फिलिपिन्समा ५ जना, बंगलादेशमा १० जना, पाकिस्तानमा ८ जना, अफगानिस्तानमा ६ जना, रुसमा ११ जना, सिरियामा २ जना, इराकमा ३ जना गरी  ८१ जना पत्रकार मारिएका छन् तर उनीहरूका हत्यारा स्वतन्त्ररूपमा घुमिरहेका छन् अर्थात् उनीहरूमाथि पत्रकारहरू मारेका कारणले कुनै पनि  प्रकारको दण्ड संहिताभित्र पार्न सकेको पाइँदैन सम्बन्धित सरकारहरूबाट। 

प्रकाशित मिति: : 2019-11-02 08:57:09

प्रतिकृया दिनुहोस्