यस्ताे छ ७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड

जिल्लामा संघीय सरकारका प्रतिनिधि रहेका सिडिओहरूको पहिलोपटक कार्यमूल्यांकन प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवारी तोकेका छन् । अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ । यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो । मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग गत वर्ष सम्झौता गरेको थियो । माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर मन्त्रालयले सिडिओहरूको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको छ । यसबाट सिडिओहरूबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-02 08:08:12

प्रतिकृया दिनुहोस्