घरजग्गाको प्रलोभन देखाएर धुरजन्ना पुर्‍याइएका सुकुम्बासीको न घर बन्यो, न पाए जग्गा

धनगढी- बाँसको भाटामा पाल टाँगिएको छ। त्यही पालको सहारामा डेढ वर्षदेखि जीवन व्यतित गरिरहेका छन् धनगढी उपमहानगरपालिका-१७, धुरजन्ना नयाँ बस्ती शिविरका सुकुम्बासी परिवारजनहरु।

२०७५ असार १६ अगाडि उनीहरु गोदावरी नगरपालिकास्थित हरैया शिविरमा बस्दै आएका थिए। दाङका उद्योगी रणबहादुर शाहको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालि, पोखराले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमीन किन्यो। जमीन किनबेचपछि वस्तीलाई कहाँ व्यवस्थापन गर्ने भनेर चुनौती थपियो।

जसको फलस्वरुप सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले ‘एक कठ्ठा जग्गा, दुई कोठे पक्की घरका साथै खानेपानी, शौचालय, विद्युतको व्यवस्था गर्ने’ भनेपछि आधा बस्ती हरैयाबाट धुरजन्ना सरेका थिए।

प्रकाशित मिति: : 2019-11-01 19:36:06

प्रतिकृया दिनुहोस्