फिल्मको संवादै क्यासेटमा बिक्री भएको गोक्तेकाजीको त्यो किस्सा

नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो रामचन्द्र अधिकारी अर्थात् (गोक्तेकाजी)। फिल्म बासुदेवबाट नेपाली फिल्म क्षेत्रमा उल्लेख्य उपस्थिति जनाउँदै आएका अधिकारीले हालसम्म ६७ भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

लामो समय फिल्म क्षेत्रमा अभिनय गरेका अधिकारी पछिल्लो समय भने हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मार्फत् दर्शकमाझ प्रस्तुत हुँदै आएका छन्।

खास गरी खलनायकको सहयोगी पात्रको भूमिकामा देखिने अधिकारीलाई अधिकांश दर्शकले ‘चम्चे’ उपनामबाट चिन्ने गर्छन्। अधिकारी पनि यही चम्चे उपनाम पाएकोमै दंग छन्।

‘मलाई अधिकांश दर्शकले फिल्म हलमा चम्चेको उपनाम दिनु हुन्थ्यो। पर्दामा जब मेरो अभिनय आउँथ्यो, हेरहेर यो चम्चे फेरि आयो...’ यस्तै टिप्पणी सुनिन्थ्यो।

उहाँहरूको त्यो प्रतिक्रियाले मलाई छुन्थ्यो किनकि त्यहाँ उहाँहरूले मलाई गाली गरिरहनु भएको हुन्थ्यो। तर, वास्तविकतामा मलाई गाली गरिएको हुँदैनथ्यो। ‘त्यस्ता प्रतिक्रिया गाली नभएर माया हो भन्ने लाग्थ्यो। अझ काम गर्न उत्साह जाग्थ्यो,’ नेपालन्युजसँगको भेटमा अधिकारीले सुनाए।

प्रकाशित मिति: : 2019-11-01 19:32:37

प्रतिकृया दिनुहोस्