बागलुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

बिएल

बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।

बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बागलुङसँगै म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत महसुस गरिएको छ ।

भूकम्पबाट क्षति भएको विवरण हालसम्म प्राप्त नभएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति: : 2019-11-01 11:04:33

प्रतिकृया दिनुहोस्