जो तुइन तरेर यात्रु बोक्छन्

डोल्पा- गाउँमा सडक पुगेपछिको तामझाम र खुसीयाली कुनै उत्सवभन्दा कम हुँदैन। पहिलोपटक गाडी पुग्दा बाजागाजा नाचगानसहित अबिर जात्रा नै देखिन्छ। नहोस् पनि किन! सडक नहुँदाको सास्तीले यति पिरोलेको हुन्छ कि सडकको आगमनले सुखको मीठो अनुभूति दिन्छ।  

तर, कतिपय ठाउँमा सडकको निर्माणपछि पनि स्थानीय बासिन्दाले सोचेको सुखको अनुभव भने गर्न पाएका छैनन्। हुन त भौगोलिक विकटताले भोग्नुपर्ने अप्ठ्यारा कथाहरु निकै छन्। यसमा धेरै त यातायातसँगै जोडिन्छ। कतै सडक छैनन्, सडक भएका कतिपय ठाउँमा पनि खोलामा पुल छैनन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र देशभरबाट तुइन विस्थापित गर्ने निर्णय गरेका थिए। नदी तर्न असाध्यै असुरक्षित हुने तुइन विस्थापनको घोषणाले धेरैको मुहार उज्यालियो। तुइन चुँडिएर ज्यान गुमाउन नपर्ने अवस्थाको कल्पना सुखद हुने नै भयो। 

प्रकाशित मिति: : 2019-11-01 06:18:03

प्रतिकृया दिनुहोस्