सिरी ए: रोनाल्डोको पेनाल्टी गोलसँगै बराबरीबाट जोगियो युभेन्टस

तस्बिरः एजेन्सी

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले जेनोयालाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा युभेन्टसले जेनोयालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने जेनोयाका लागि क्रिस्टियन कोउयामेले एक गोल गरेका थिए ।

खेलको ३६ औं मिनेटमा नै बोनुचीले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए । तर ४० औं मिनेटमा जेनोयाका कोउयामेले खेल १ –० को बराबरीमा ल्याए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेकोमा खेलको अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई जिताएका थिए ।

त्यस्तै खेलमा युभेन्टसका एक र जेनोयाका २ खेलाडीले रातो कार्ड पाएका थिए ।

जितपछि युभेन्टस शिर्ष स्थानमा कायम रहेको छ । युभेन्टस १० खेलमा २६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै इन्टर मिलान १० खेलमा २५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।त्यस्तै जेनोयाले १० खेलमा ८ अंकसहित १७औ स्थानमा रहेको छ ।

 

प्रकाशित मिति: : 2019-10-31 07:58:16

प्रतिकृया दिनुहोस्