अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
आईसीसीले नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहेको थियो ।
नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ ।
एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । यसअघि नेपाल भन्दा अघि रहेका दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएईको वरियता भने घटेको छ ।
स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा झरेको छ । नेपाल भन्दा तल एक टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।
एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।