बारा प्रहरीले बाराको पुर्वी दक्षिणी क्षेत्र सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवान टोलबाट करिब ४० लाखको भन्सार छलीको समान बरामद गरेको छ ।
बाराका प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरका अनुसार पूर्व सूचनाको अधारमा स्थानीय संजय जयसवालको घरमा छापा मार्दा ती समान बरामद गरेको हो।
सीमा नाकाका कारोबारीहरु खुल्ला सिमानाको फाइदा उठाउँदै रातका समयमा भारतबाट भन्सार छलेको समान भित्र्याई घरमै गोदाम बनाई थन्काउने गरेको पाइएको प्रहरीले बताएको छ। यस्ता सामानहरु मोटरसाइकल र अन्य सवारी साधनबाट वीरगन्ज, हेटौँडा, भरतपुर, काठमाडौं सम्मका व्यापारीसँग बेच्ने गरेको बताइएको छ।
बरामद गरिएको कपडा भन्सार ऐनअन्तर्गत कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाएको छ।